बैतडी समाज कैलाली 

Baitadi Samaj Kalali (BSK)

हाम्रो बारेमा

बैतडी जिल्ला पुर्ख्यौली घर भई हाल कैलाली जिल्लामा वसोवास गरि रहेकाहरुलाई एकताबद्घ गराई आपसी सहयोग एकता, भाईचारा सम्बन्धको बिकास गर्दै बैतडी जिल्लाको असल कला संस्कृति, भाषा, रितिरिवाज चालचलन तथा भेषभुषाको संरक्षण सम्बर्धन, जगेर्णा गर्नु पर्छ भन्ने मान्यतामा आधारित भएर बैतडी जिल्लामा रहेका धार्मिक तथा संस्कृतिक सम्पदाहरुको संरक्षण, पर्यटकिय क्षेत्रहरुको प्रबर्धन एबं शैक्षिक बिकासमा योगदान गर्ने उदेश्यका साथ बैतडी समाज कैलालीको स्थापना भई विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन्। (प्रोफाइल लिंक)

ठेगाना

धनगडी उ.म.न.पा. वडा नं ४ कैलाली (स्थापित २०७४)

 

इमेल

baitadisamajkailali@gmail.com

टेलिफोन

+९७७-९८४१२५३२२३ 

सूचनाहरु

हाम्रो संस्कृती

बैतडी जिल्लामा रहेका धार्मिक तथा संस्कृतिक सम्पदाहरुको संरक्षण, पर्यटकिय क्षेत्रहरुको प्रबर्धन एवं शैक्षिक विकासमा योगदान गर्नुका साथै यस क्षेत्रका मुख्य संस्कृतिहरु गौरा पर्व, हरितालिका तिज, देउसी, भैलो, दशै, होली आदिको पर्बहरुको संरक्षण र सम्वर्धन गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।

कलौन बैतडी गोरा

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । 

देहिमाण्डौं जात

देहिमाण्डौं स्थित निङ्ग्लाशैनी भगवती मन्दिरमा वडादशैँ, चैते दशैँ आदी पर्वमा ठुलो मेला लाग्ने गर्दछ ।

धनगढीमा गौरा

सुदूरपश्चिममा विशेष महत्वका साथ मनाईने गौरा पर्व धनगढीमा समेत धुमधामका साथ मनाईने गरिन्छ ।

संस्थाका उदेश्य

१. बैतडी जिल्लामा पुर्ख्यौली घर भई हाल कैलाली जिल्लामा वसोवास गरि रहेकाहरुलाई एकताबद्घ गराई आपसी सहयोग एकता, भाईचारा सम्बन्धको विकास गर्ने ।

२. बैतडी जिल्लामा रहेका धार्मिक तथा संस्कृतिक सम्पदाहरुको संरक्षण, पर्यटकिय क्षेत्रहरुको प्रबर्धन एवं शैक्षिक विकासमा योगदान गर्ने ।

३. यस क्षेत्रका मुख्य संस्कृतिहरु गौरा पर्व, हरितालिका तिज, देउसी, भैलो, दशैं, होली आदि पर्वहरुको संरक्षण  सम्बर्धन गर्ने । 

४.  राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका सरकारी तथा गैर सरकारी संघ संस्थाहरु संग सम्पर्क समन्वय गरी विकास निर्माणका कामहरु संचालन गर्ने । 

५.  दैवी प्रकोप तथा बिपत व्यवस्थापन कार्यमा सहयोग गर्ने । 

६. आयआर्जन तथा सिपमुलक कार्यक्रम संन्चालन गर्न सम्पर्क समन्वय विस्तार गर्न सहयोग गर्ने ।

७. बैतडी जिल्लाको कला संस्कृति भेषभुसा, चाडपर्व, देव-देवालय आदिको संरक्षण, प्रवर्धन आदि गर्ने तथा गराउन सरकारी एवं गैर सरकारी संस्थाहरुसंग सहयोग समन्वय गर्ने ।

 

 

हाम्रा गतिविधीहरु

Baitadi samaj kailali in continuous effort.

Baitadi samaj kailali has been continuously trying to provide blood to the blood donors, we are looking for alternatives to facilitate this process, some measures will be found in the near future. We expect your support and cooperation for this.

Profile of Baitadi Samaj Kailali

Click here to download profile of Baitadi Samaj Kailali.

भिडियो संग्रह